राष्ट्रिय सभाको अध्यक्षमा नारायाण दाहाल निर्वाचित

राष्ट्रिय सभा

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायाण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

मतदानमा ५६ जना उपस्थित थिए। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत मात्रै परेको थियो।

सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी छिन्।

दाहालअघि अर्का उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भएको थियो। निर्वाचन प्रक्रियामा सहभागी ५६ मध्ये उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो।