पाटनमा सम्यक महादान पर्वको सरुवात (फोटो फिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । पाटनमा हरेक पाँच वर्षमा एक पटक हुने सम्यक महादान पर्व हिजो बुधवार देखि सुरु भएको छ ।

दुई दिन लामो शताब्दी पुरानो पर्व जहाँ दीपङ्कर बुद्ध (विगतका बुद्ध मध्ये एक) को सयौं मूर्तिहरू पूजाका लागि एकै ठाउमा भेला गरिन्छ । बुधवार साँझबाट दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडी भेला गराइएको थियो।

परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्‍याइएको थियो । सबै बुद्धहरु आइपुगेपछि सम्यक महादान हुने स्थान नागबहाः मा लगिएको थियो । द्वास्रो दिन भक्तहरूले देवता, रक्षक, भिक्षु र बौद्ध समुदायलाई पैसा, खानालगायत विभिन्न अन्नहरू दान दिने गर्छन् ।

काठमाडौं उपत्यकाका ३ ठाउँमा सम्यक महादान मनाउने गरिन्छ । ललितपुरमा हरेक ५ वर्षमा , काठमाडौंको दरबार स्क्वायर र स्वयम्भूको भुईखेलमा १२ वर्षमा एकपटक सम्यक मनाइन्छ भने भक्तपुरमा यो पर्व वार्षिक रूपमा मनाइन्छ । पहिलो सम्यक महादान नेपाल संवत् १३५ (सन १०१५) मा भएको भनिन्छ ।