राप्रपा नेपालको विरोध प्रदर्शन (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गरेको छ ।

राप्रपा नेपालले भ्रष्टचार व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो ।

राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा सडक बन्द हुँदा धकेलाधकेल समेत भएको अवस्थाले गर्दा तनावग्रस्त बनेको थियो । अहिले सामान्य अवस्थामा र्‍याली अगाडि बढेको छ ।