सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

५ वर्ष कैद सजायको माग

दियो पोस्ट  

कामठाडौं । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार  जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ ।