काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीले महरालाई कपिलवस्तुबाट सोमबार बिहान पक्राउ गरेको हो ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरका अनुसार कपिलवस्तुबाट सोमबार बिहान पक्राउ गरी काठमाडौं ल्याइँदै छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले पनि आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।