गृहमन्त्री लामिछानेप्रति ‍गगनको कटाक्ष– सहकारी ठगीमा मुछिएकै व्यक्तिले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? (भिडियोसहित)

सहकारी ठगी प्रकरण:

दियो पोस्ट  

कामठाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले विभिन्न सहकारीमा हजारौं मान्छेहरूको अर्बौं रुपैयाँ अपचलन भएको भन्दै अनुसन्धानको विषय बन्छ कि बन्दैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले त्यस्तो अपचलनमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको भन्दै अनुसन्धानको माग गरेका हुन्।

‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ रु यसमा अनुसन्धान हुन्छ भनेर कसरी पत्याउने ?’, थापाले भने।

‘सहकारी काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्,’ थापाले भने, ‘यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौंरु यो सदनलाई प्रश्न हो। यो कुनै एउटा पक्षको कुरा होइन, सिंगो सदनको विवेकमाथिको प्रश्न पनि हो।’

उनले सहकारी प्रकरणबारे प्रधानमन्त्रीबाट जबाफ आउनुपर्ने बताए।

भिडियो