सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

दियो पोस्ट डेस्क  

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।