सहकारी ठगी अभियोगमा पक्राउ परेका दिपेश पुन कहाँ छन् ?

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीको विशेष ब्युरोबाट पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन ८ दिनदेखि प्रहरी हिरासतमा छन् । बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थामा भएको करोडौँ रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले ८ दिन म्याद थपरे अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
सुप्रिम सहकारीको पूर्व कोषाध्यक्षको हैसियतमा उनीमाथि अनुसन्धान भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ईन्सपेक्टर विजय पण्डितले जानकारी दिए ।
बुटवलको सुप्रिम बहुद्देश्यीय सहकारीको करिब १ अर्ब ५० करोड रकम हिनामिना गरेको अभियोगमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई सहित विभिन्न व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी छ । सोही अभियोगमा पुन पनि पक्राउ परेका थिए । उनी पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र हुन् ।