उपत्यकामा ट्राफिक चेकजाँच कडा, बिहानैदेखि मापसे जाँच

फोटोफिचर

दियो पोस्ट  

काठमाडौं । होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ। सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ।

मूल सडक र भित्री सडकहरूमा चेकप्वाइन्ट खडा गरी बिहानैदेखि ट्राफिक चेकजाँच भइरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ।

सिफारिस