काठमाडौं । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए।
उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी शनिबार हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
उनकाअनुसार घाइतेका परिवारसँग सहमति गरी दुवै जनालाई छाडिएको हो।
गत शुक्रबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटना भएको थियो। बागमती प्रदेश ०१.०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए।