बसन्तपुरमा होलीको उल्लास, हेर्नुस् १० तस्बिर

फोटोफिचर

दियो पोस्ट  

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आइतबार पहाडी तथा हिमाली क्षेत्रमा आपसमा रङ दलेर मनाइँदैछ।

फागु पर्वको अवसमार काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। फागु पर्व मनाउन ठाउँ(ठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आइतबार बिहानैदेखि आपसमा रङ दलेर उमंग साटिरहेका छन्।

वसन्तपुर, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ।