काठमाडौं । सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
कलाकारले पनि आइतबार रङ साटासाट गर्दै फागुपर्व मनाएका छन् ।

