प्रधानमन्त्री समक्ष लिए वन तथा वातावरण राज्यमन्त्री कार्कीले शपथ

दियोपोस्ट संवाददाता

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा कार्कीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका थिए ।

राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद छन् ।

सम्बन्धित खबर

सिफारिस