कैलाली । कैलालीको धनगढी उपमहानगरपालका–३ बाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम र नियन्त्रित लागूऔषध प्रिगाबा ९६ क्याप्सुल र एभिल १० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय तेज बहादुर बोहरा रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।