ओशो ध्यान केन्द्र’बाट बेपत्ता भएकी मेयर हमालकी छोरी सम्पर्कमा

दियो पोस्ट  

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी फेला परेकी छन्।

जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन रहेको र खोजीमा सहयोग गरिदिन मेयर हमालले मंगलबार आग्रह गरेका थिए।

मेयर हमालका अनुसार आरती भारतको गोवामा सकुशल फेला परेकी हुन्। गोवामै बस्दै आएकी उनी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएकी थिइन्।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु,’ मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेखेका छन्।

परिवारका अनुसार उनीहरू भारतको गोवामा छन् ।

यो पनि

धनगढीका मेयरकी छोरी ‘ओशो ध्यान केन्द्र’बाट बेपत्ता