काठमाडौँ । ‘सरकार कोठा खाली छ?’ भन्दै करिब तीन महिनादेखि माइतीघर मण्डलामा सत्याग्रह आन्दोलन गरिरहेकी दीपा नेपालीले संघीय संसद् समिक्षा बास्कोटालाई भेटेर आफ्ना माग तथा सरोकारका विषयमा ध्यानाकर्षण गराएका छन्।
भेटका क्रममा नेपालीले जातीय विभेदका कारण डेरा कोठा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको, दलित समुदायमाथि सामाजिक विभेद कायमै रहेको, घरभाडा मनोमानी ढंगले निर्धारण हुने गरेको र आवाससम्बन्धी उचित व्यवस्था नभएको भन्दै आफ्ना मागहरू प्रस्तुत गरेकी थिइन् ।
आन्दोलनरत समूहका प्रतिनिधिहरूको भनाइ र मागहरूलाई गम्भीरतापूर्वक सुन्दै सांसद बास्कोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएकी छन्। उनले उठाइएका समस्याहरू सम्बोधनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
