भक्तपुरको ‘बोडे होल्डिङ सेन्टर’मा संसदीय टोलीको अनुगमन, पीडितद्वारा १५ बुँदे ध्यानाकर्षण पत्र पेस

दियोपोस्ट संवाददाता  

भक्तपुर । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति (दिगो विकास उपसमिति)ले भक्तपुरको बोडे होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक नारायणदत्त भट्टको नेतृत्वमा आएको सात सदस्यीय संसदीय टोलीले त्यहाँको वस्तुस्थिति बुझेको हो।

अनुगमनका क्रममा सुकुम्बासी तथा भूमिहीन आन्दोलनका अभियन्ता दल मर्दन कामीले संसदीय टोलीलाई पीडित परिवारहरू बसिरहेका कोठा र उनीहरूको वास्तविक अवस्थाबारे स्थलगत अवलोकन गराएका थिए।

अनुगमनका क्रममा होल्डिङ सेन्टर बाट नेतृत्व गर्दै सुकुम्बासी तथा भुमिहिन आन्दोलनका अभियानता समेत रहेका दल मर्दन कामीले टोलीलाई पीडित परिवार बसोबास गरिरहेका कोठा तथा त्यहाँको वास्तविक अवस्था अवलोकन गराएका थिए। त्यसपछि उनले पीडित परिवारका तर्फबाट तयार गरिएको १५ बुँदे ध्यानाकर्षण पत्र पढेर सुनाउँदै उपस्थित सबै पीडित परिवारको तर्फबाट समितिलाई सामूहिक रूपमा ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा भूस्वामित्वसहितको स्थायी पुनःस्थापना, समान र पारदर्शी राहत वितरण, शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, बिछोडिएका परिवारको पुनर्मिलन, घरटहरा भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन तथा क्षतिपूर्ति, र सरकारबाट समयसीमासहितको लिखित प्रतिबद्धतालगायतका मागहरू समेटिएका छन्।

स्थलगत अनुगमनमा दिगो विकास उपसमितिका संयोजक माननीय नारायणदत्त भट्टसहित सदस्यहरू माननीय उर्मिला अर्याल, कमला पन्त, तुलप्रसाद विश्वकर्मा, भुवनबहादुर सुनार, रेखाकुमारी झा र माननीय सावित्री मल्लको उपस्थिति रहेको थियो।

ध्यानाकर्षण पत्र बुझ्दै समितिका संयोजक माननीय नारायणदत्त भट्टले पीडित परिवारका समस्या र मागलाई गम्भीरतापूर्वक अध्ययन गरी जस्ताको तस्तै नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने तथा राष्ट्रिय सभामा समेत सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको अभियानकर्ता दल मर्दन कामीले जानकारी दिए।

 

सिफारिस