काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।
उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा पानीमा तैरिएको अवस्थामा भेटिएको हो ।
गत सोमबार दिउँसो कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले कर्णाली पुलबाट हाम फालेका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए ।
शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएका छन् ।