काठमाडौं । सार्वजनिक संस्थाको लेखा परीक्षक गर्ने निकाय महालेखापरीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन् । १० महिनादेखि रिक्त रहेको पदमा आईतबार बसेको संबैधानिक परिषद्को बैठकले रायको नाम सिफारिस गरेको हो । राय राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीकोरुपमा थिए ।
यस अघि राय राष्ट्रिय योजना आयोग, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले सचिवको जिम्मेवारी निर्भाह गरिसेका छन् । भने विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थ सचिवको रुपमापनि काम गरेका हुन् ।
महआलेखापरीक्षक टंकमणि शर्माको पदावधि गत जेठ ७ गते सकिएपछि परीक्षकको कार्यलय कार्यबाहकको भरमा चालिरहेको थियो । संबैधानिक परिषदको सचिवालयले गत साउन २० गते महालेखापरीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो । त्यस आवेदनमा रायसहित १६ जनाले महालेखापरीक्षक बन्न दावेदारी दिएका थिए । महालेखापरीक्षक संबैधानिक परिषद्ले सिफारिस गर्दा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।
महालेखापरीक्ष्क हुनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा लेखामा स्नातक गरेको र चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट क्षेणीमा काम गरि लेखा परीक्षणमा कम्तीमा बीसवर्ष अनुभव प्राप्त गरेको अनुभव हुनुपर्ने छ ।