बाल गायिका सुदेश्ना शाक्यको स्वरमा गीतकार मुकुन्द पौडेलको ‘छुनुमुनु गर्ने’ सार्वजनिक

दियो पोस्ट डेस्क  

काठमाडौं । कवि तथा गीतकार मुकुन्द पौडेलले रचना गरेका बाल गीत ‘छुनुमुनु गर्ने’ सार्वजनिक भएको छ ।

उक्त गीतको म्यूजिक भिडियो चर्चित सङ्गीत संयोजक एवं गायक शाहस शाक्यको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

पौडेलले रचना गरेका शब्दलाई शाहसले संङ्गीत संयोजन गरेका हुन् । सो गीत शाक्यकी ९ वर्षीया छोरी सुदेश्ना शाक्यले गायकी छिन् । धेरै लामो समयदेखि शाहस सङ्गीत साधनामा रहेको छन् । त्यसको प्रभाव छोरीमा परेको कारणले नै उनले गीत गाउन सकेको सुदेश्नाका बुबा शाहसको भनाई रहेको छ ।

शाहसले किन हुदैन, फिर्किन्छु यसपालि, आज भोलि तिम्रो मेरो लगायत थुप्रै गीतहरुको संङ्गीत संयोजना गर्नुका साथै स्वर पनि दिएका छन् । ‘दार्जिलिङको रेलै चढी’ गीतमा शाहसले आफैले स्वर दिनुका साथै उक्त गीत उनकै आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियोको लागि तल दिएको लिङकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=1Dh0f8SIrR8