मुगुमा रुखले किचेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

मुगु । मुगुको जिल्ला छायानाथ रारा नगरपालिका वडा न १४ बाम थुम्बाडा गाउका एक जना स्थानियको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ ।

स्थानिय रत्न बहादुर बढुवालले दिएको जानकारी अनुसार ४५ वर्षिय चन्द्र बहादुर बढुवालको रुखबाट ढलेर चोट लाग्दा मृत्यु भएको हो ।

बुधबार गाउ्ँबाट ३ घण्टा टाढा रहेको सुगुतिर भन्ने वनमा भेडा बाख्रा चराउन गएको बेला हावाहुरि चल्दा बसिरहेको ठाउँ माथिबाट रुख ढल्दा चोट लाग्न गइ चन्द्रबहादुर बढुवालको मृत्यु भएको बताइएको छ । उनले चराउन लगेका भेडा बाख्रा मध्ये करिव १०० भेडाबाख्रा जङ्गलमा हराएको अर्का स्थानिय नन्दलाल बढुवालले जानकारी गराएका छन्।