काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा भारतीय राज्य आसामको राजधानी गुवाहाटीमा निधन भएको छ ।
‘बसाइँ’ उपन्यास सर्वाधिक प्रख्यात हो । उहाँका अन्य कृतिमा अतृप्त र व्रह्मपुत्रको छेउछाउ उपन्यास, आसाममा नेपाली भाषाको साह्रोगाह्रो निबन्ध हुन् । क्षेत्रीले धेरै कथा र नाटक लेखेर नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्याउनुभएको छ ।
‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।