धनुषाधाममा यात्रुवाहक बस दुर्घटना, ३६ जना घाइते (विवरणसहित)

दियोपोस्ट संवाददाता  

जनकपुरधाम । धनुषाको धनुषाधाममा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेपछि ३६ जना घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना। ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा सबार ३६ यात्रु घाइते छन् । केहीको ठाउँमा गम्भीर चोट लागेको । उनीहरूमध्ये अधिकांशको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।