फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन : प्रचण्ड

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो फोटो जलाउनुलाई लोकतन्त्रमा विरोधका विभिन्न रूप भन्दै टिप्पणी गरेका छन्।

शनिबार हेटौँडामा उनको तस्बिर जलाएका राप्रपाका नेतालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै, लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन भन्दै लेखेका छन् ।

प्रचण्डको तस्बिर जलाउने व्यक्ति राप्रपाका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो। उनले शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइदिएका थिए। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्।

कार्यक्रममा ती युवकले प्रचण्ड र गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए।
सोहि घटनामा आधारित भई प्रचण्डले आफ्नो फोटो जलाउनुलाई लोकतन्त्रमा विरोधका विभिन्न रूप भन्दै टिप्पणी गरेका छन्।