राप्रपा सांसद धवलशमशेरले भने-गणतन्त्र असफल भइसक्यो हटाऊँ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गणतन्त्र असफल भइसकेकोले यसलाई हटाउनुपर्ने बताएका छन्। आज सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राणाले गणतन्त्र असफल भइसकेको दाबी गरेका हुन्।

‘देशमा परिवर्तनको हावा चलिसक्यो। देश पूर्णरुपमा असफल भइसक्यो, उनले भने, देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन्। त्यसैतर्फ जाउँ। असफल भएको गणतन्त्र हटाउँ।’