६५ वर्षीय विद्यार्थी स्ववियु निर्वाचनमा मतदान गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौं । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान प्रक्रिया जारी छ । मंगलबार बिहानदेखि विद्यार्थी मतदाताहरू लाईनबद्ध भई मतदानमा सहभागिता जनाइरहेका छन् ।

निर्वाचनमा विभिन्न उमेर समूहका विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका छन् । ६५ वर्षीय एक विद्यार्थी मतदाता पनि मतदान गर्न लाईन बद्ध भएको दृश्यले निर्वाचनप्रति विद्यार्थीहरूको गहिरो चासो र सहभागिता झल्काएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र स्वच्छ बनाउन क्याम्पस प्रशासन तथा सुरक्षाकर्मीहरू सतर्क रहेका छन्। स्ववियु निर्वाचनको नतिजा साँझसम्म आउने अपेक्षा गरिएको छ ।