आगलागीमा परेर मोरङमा एक बालबालिकाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहामा घरमा आगलागी हुँदा एक बालबालिकाको मृत्यु भएको छ। आगलागीमा परेर अहिलेसम्म ८ घर जलिसकेका प्रहरीले जनाइएको छ।

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए। मृतकको थप विवरण भने प्राप्त हुन बाँकी छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगो नियन्त्रणका लागि दमकल प्रयोग गरिएको छ।

दमकलसँगै प्रहरी, नेपाली सेना र स्थानीय आगो निभाउन खटिएका छन्। घटनाको थप विवरण आउँन बाँकी छ।