काठमाडौं । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले महानगर कार्यालय पारी रहेको एक नर्सरीबाट गिरीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।
गिरीले कार्यालयका एक कर्मचारीको अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै अर्का एक कर्मचारीसँग एक लाख रुपैयाँ मागेका थिए ।
सोही क्रममा उनलाई घुस लिएको २५ हजार नगदसहित बिहीबार पक्राउ गरिएको बताइएको छ । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए ।