काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीसँग छलफल गर्न सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रचण्ड र देउवा आइतबार अपराह्न सिंहदरबार पुगेका हुन्। उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ।
प्रधानमन्त्री ओलीलाई भेट्नु अघि माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।