काठमाडौं । संघीय संसदअन्तर्गत आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर, त्यसपछि पनि विपक्षी दलहरूसँग सहमति नजुटेपछि बैठक भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूकाे छ । बैठक बुधबार पनि बस्न सकेकाे थिएन ।