तिनकुनेमा राजावादी र प्रहरीबीच लफडा भएपछि मञ्च छोडेर भागे राजावादी नेता

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको तिनकुनेमा आयोजित राजावादी समर्थक जुलुशले निषेधित क्षेत्र तोड्न थालेपछि झडप भएको छ । झडपपछि सम्बोधनका लागि मञ्चमा पुगेका नेताहरुको भागभाग भएको छ । मञ्चमा देखिएका श्रीनिवास आचार्य, अग्नि सम्शेर शाहीप्रहरीले आन्दोलनकारीमाथि आश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहारपछि राजावादीहरुको भागाभाग भएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुले सभा शुरु नहुँदै तनाव शुरु गरेका थिए ।

सिफारिस