राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जिउँदै जलेर पत्रकारको मृत्यु

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । राजावादीले तीनकुने क्षेत्रको एक घरमा लगाएको आगलागीमा परी पत्रकारको मृत्यु भएको छ ।

एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो । उक्त घरमा लगाइएको आगो निभाएपछि रजकको शव जलेको अवस्थामा भेटिएको हो ।

अहिले प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो ।