काठमाडौं । राजावादीले काठमाडौंको तिनकुनेको एक भवनमा लगाएको आगोमा जलेर एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् । सो भवनको छतमा चढेर दृष्य र भिडियो खिचिरहेका रजकको राजावादीले आगो लगाएरै हत्या गरिदिएका हुन् । खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।उनी हालसम्म पनि कसैको सम्पर्कमा नआएपछि मृत्यु भएको टेलिभिजनले पुष्टि गरेको छ ।
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।
केहीदिन अघि मात्रै एभिन्युजका मालिक समेत रहेका भाष्करराज राजकर्णिकारले राजावादीको पक्षमा बक्तव्य निकालेका थिए ।