हिंसा र लुटपाटका निर्देशक दुर्गा प्रसाइँ फरार, प्रहरीद्वारा ब्यापक खोजी

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको तिनकुनेमा हिंसा भड्काएपछि राजवादी समर्थक नेता दुर्गा प्रसाइँ फरार भएका छन् । उनलाई पक्राउ गर्न भक्तपुरस्थित उनको घरमा पुगेको प्रहरी रित्तो हात फर्कनु परेको छ । उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटेको छ । उनको नेतृत्वमा तिनकुने हुँदै फैलिएको हिंसात्मक घटनामा दुई जनाको निधन भइसकेको छ ।

राजावादी समर्थकले आगो लगाएको भवनमा एक पत्रकारको निधन भएको छ । प्रसाइँ आफैले गाडी चलाएर भिडलाई उक्साउँदै प्रहरी विरुद्ध हिंसा भड्काएाक थिए ।

प्रसाइँको निर्देशनमा उत्तेजक बनेको भिडले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चाएका छन् । त्यस्तै जडिबुटीस्थत आयुर्वेदिक औषधी कारखाना जलाएका छन् ।