काठमाडौँ महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

दियोपोस्ट संवाददाता  

काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन निर्मल निवास गएको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

शुक्रबार राजावादीले गरेको आन्दोलनमा महानगरका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवाना तिर्नुपर्ने बताएको थियो । त्यहि जरिवानाको पत्र लिएर महानगरको टोलि निर्मल निवास पुगेको थियो ।
शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

सिफारिस