काठमााडौँ । सभामुख देवराज घिमिरले संसद् बैठक सच्चालन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
अहिले बानेश्वरस्थित संसद् सचिवालयमा राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल चलिरहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
छलफलमा सभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रखु सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका ज्ञानबहादुर शाही लगायत सहभागी छन्।
संसद्का दुवै सदनको बैठक आज बस्दैछ। यसअघिका बैठक माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले अवरुद्ध गरेका थिए।