प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने

दियोपोस्ट संवाददाता  

काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आइतबार बिहान सभामुखले बोलाएको मुख्य सचेतकहरूसँगको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

उनले संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री र विपक्षी दलका नेताहरुबीच टेलिफोन संवाद भएको जानकारी गराएका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बखास्तीको विषयलाई विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। उनीहरूले घिसिङलाई बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।

बर्तौलाका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन्।

सिफारिस