राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई लक्षित गर्दै सत्तापक्ष दलहरुले संसदमा उनीहरुलाई जेल हाल्नुपर्छ भनेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षीहरुले सरकारले कुलमान घिसिङ हटाएको विषयलाई लिएर विरोध जनाइरहेका थिए ।

सो विरोधमा राप्रपाका सांसदहरु समेत सहभागी थिए । विपक्षीहरुले विरोध गरिरहेको समयमा नेकपा एमाले र कांग्रेसका सांसदहरु उठेर संसदमा राजावादी हुँ भन्ने समेत थुन्नुपर्छ भन्दै भनाभन गर्न थाले ।
सोही समयमा विरोधमा उत्रिइरहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन थप आक्रोशित भए । उनले छाति पिटेर भने, ‘राजावादी यहाँ छ, सके जेल हाल !’

आइतबार ढिलो गरि बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरु भनाभनमा उत्रिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । बैठक स्थगित भएको एक घण्टा बित्दासमेत बैठक सुरु भएको छैन ।

सिफारिस