दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ९ जना घाइते

दियोपोस्ट संवाददाता  

 

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा मंगलबार राति करिब १ः३० बजे पाँच सवारीसाधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।

सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसलाई ठक्कर दिएपछि बस, मोटरसाइकल र अन्य दुई बस क्रमशः ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक अमर कार्की, पछाडि सवार महेन्द्र महतारा तथा बसका चालकसहित अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई चितवनको भरतपुर र मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका लागि लगिएको छ।

दुर्घटनामा संलग्न कन्टेनर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

सिफारिस