रेशम चौधरी प्रकरणः टीकापुरमा हाई अलर्ट, थारु समुदाय प्रदर्शनको तयारीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २२ । टीकापुर हत्याकाण्डको मुख्य अभियुक्त भनिएका निलम्वित सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि टीकापुरबासिले आन्दोलनको तयारी थालेका छन् । जिल्ला अदालत कैलालीले वुधबार गरेको फैसलासंगै टिकापुरका थारु अगुवाहरुले सक्रियता बढाएका छन् ।

जिल्ला प्रहरी कार्यलय कैलालीले हुन सक्ने सम्भावित घटनाहरुलाई नियन्त्रण गर्नका लागि टीकापुरमा हाइ अलर्ट सुरक्षा संरचना अपनाइएको छ । निलम्वित सांसद रेशम चौधरीको फैसला मुद्धा फैसला हुने भएदेखि नै टीकापुरमा उच्च सुरक्षा अपनाइएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । ‘टीकापुरमा मंगलबार दखिनै उच्च सुरक्षा अपनाइएको छ, त्यस्तो अनर्थ केही पनि हुन दिँदैनौँ ।’ जिल्ला प्रहरी कार्यलयका एक अधिकारीले भने ।

टीकापुर क्षेत्रमा थारुहरुको बाहूल्यता नभएतापनी अन्यत्र ठाउँबाट घुसपैठ हुनसक्ने र विद्रोहले ठुलो रुप लिन सक्ने भन्दै टीकापुरको सिमानामा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा एक नावालक र सात प्रहरी अधिकारीसहित आठ जनाको हत्या भएको थियो । प्रहरीले मुख्य अभियुक्त भन्दै तात्कालि थारु कल्याणकारी मोर्चाका संयोजक समेत रहेका रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेको थियो । राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रेशम चौधरीको रिहाई सहित सपथ ग्रहण गराउन दवाव दिएपछि गत पुष महिनामा सपथ खुवाइएको थियो । सांसदको रुपमा सपथ खाएको २ महिनामै रेशम चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको छ ।

चौधरीलाई जन्मकैदको सजाय सुनाइएपछि राजपा नेपाल आक्रोशित भएको छ । अदालतको फैसलापछि आकस्मिक वैठक बस्दैप फैसलालाई अस्वीकार गर्ने निर्णय गरेको छ । वैठकमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सम्पुर्ण थारु समुदायहरुलाई लिएर राष्ट्रिय विद्रोह समेत गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस