
काठमाडौं, ३ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनलाई ५ दिन म्याद थप गरेर अनसुन्धान गर्ने अनुमति पाएपछि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । शुक्रबार ललितपुर जिल्ला प्रहरीले पक्राउ गरेको उनलाई राज्य द्रोहको मुद्दा लगाइएको छ । राज्य द्रोहको मुद्दामा कार्की सहित अन्य तीन जनालाई पनि म्याद थप गरिएको छ ।
चैत १ गतेदेखि लागू हुने गरि जीवन्तलाई ५ दिनको म्याद थप गरेको हो । त्यस्तै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरेको छ भने युवा संगठनका जयराम दंगोललाई तीन दिन म्याद थप गरेको छ ।