
काठमाडौं, ३ फागुन । आफ्नी श्रीमतीको उपचारका लागि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् ।
प्रचण्ड सहित पत्नि सिता दाहाल र छोरी गंगा दाहाल अमेरिका प्रस्थान गरेका हुन् ।
सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डको सचिवालयले जनाएको छ।
केही समययता प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) बाट पिडित सीताको यसअघि सिंगापुरमा उपचार हुँदै आएको थियो।