साढे ७ अंकले घट्यो नेप्से परसुचक

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ४ । नेप्से परसुचक आज साढे ७ अंकले घटेको छ । आज परिसुचक ७ दशमलव ४७ अंकले घटेर ११ सय ५३ दशमलव ९४ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज फाईनान्स र उत्पादनमूलकबाहेक सबै समूहको उपसूचक घटेको छ । दिनभर १ सय ६९ कम्पनीका ३६ करोड ७ लाख रुपैयाँ बराबरका १३ लाख ९३ हजार कित्ता शेयर किनबेच भएका छन् ।

ग्लोबल आईएमई बैंक लिमिटेडले सबैभन्दा धेरै ६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । बजार खस्किएसँगै जानउत्थान सामूदायीक लघुवित्त विकास बैंक लिमिटेडका लगानीकताले ५ दशमलव १६ प्रतिशत गुमाए भने युनाईटेड फाईनान्स लिमिटेडका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशत कमाए ।

सम्बन्धित खबर

सिफारिस