भारतले तोड्यो नेपालको साफ च्याम्पियन बन्ने सपना :नेपाल ३-१ ले पराजित

भारतले तोड्यो नेपालको साफ च्याम्पियन बन्ने सपना :नेपाल ३-१ ले पराजित

काठमाडौँ,चैत ८ । भारतले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो ।

विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको नेपालले सोही लयलाई कायम राख्न सकेन ।

खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।

लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी थिईन् ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लय बिगार्यो ।

६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाईन् ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै नेपालको उपाधि सम्भावना यसपटक समेत टारिदिइन् ।

नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन । पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा नेपाली टिम फाईनलमा भारतको सिकार बन्यो ।

Facebook Comments

Trending News