चिप्लेढुङ्गा,चैत ८ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट ९ नाट्टा ० गण्डकी प्रदेशले आफ्ना सदस्यका लागि प्रविधिमैत्री तालीम ‘ग्यालिलियो बेसिक एण्ड एडभान्स ट्रेनिङ’ प्रदान गरेको छ ।
विश्वव्यापी वितरण प्रणाली ग्यालिलियोको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित तालीमको समापन समारोहमा बोेर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले प्रविधिमैत्री व्यवसाय आजको आवश्यकता रहेको बताउँदै टुर एण्ड ट्राभल व्यवसायीले पर्यटकको टिकट बुकिङ आवश्यक सक्कल कागजपत्र हेरेर मात्र गर्न सुझाव दिनुभयो ।
“कोही पर्यटक छद्मभेषी रुपमा आउने र गैह्रकानुनी रुपमा बस्ने भएकाले यसप्रति विशेष ध्यान दिनुपर्छ । बसमा यात्रा गर्ने पर्यटकको पनि भिसा हेर्नुपर्छ”, उहाँले भन्नुभयो ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले आजको प्रविधिको युगमा अन्तरराष्ट्रिय व्यवसायीसँगै प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो । तालीमका सहभागी रमेशकुमार थापा र स्मिता श्रेष्ठले तालीमबाट समयसापेक्ष व्यवसायका लागि कम्प्यूटरराइज्ड नेटवर्क सिस्टमका बारेमा जानकारी लिन सफल भएको बताउनुभयो ।
नाट्टा गण्डकीका महासचिव हरिराम अधिकारी, कार्यक्रम संयोजक चेतन कार्कीलगायतले विश्वव्यापी वितरण प्रणालीका बारेमा आफूलाई अद्यावधिक राखेर सेवाग्राहीलाई प्रविधिमार्फत छिटोछरितो सेवा प्रवाह गर्न तालीम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले आफ्नो क्षेत्रमा अझै विशेषज्ञता हासिल गरेर प्रभावकारी सेवा प्रवाहका लागि आग्रह गर्नुभयो । चालीस जनाको सहभागिता रहेको सो तालीममा ट्राभल पोर्ट नेपालका सुदीपभक्त श्रेष्ठ, आशिष चित्रकार र विजेन्द्रध्वज नकर्मीले टुर एण्ड ट्राभलसँग सम्बन्धित विषयका बारेमा तालीम दिनुभएको थियो ।(रासस)