रोजगार संयोजकका लागि झण्डै १० हजारको आवेदन

दियो पोस्ट  

काठमाडौँ,चैत ९ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि झण्डै १० हजार जनाले आवेदन दिएका छन् ।

२ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको हो । आवेदन दिने आजसम्मको म्याद दिएकोमा अधिकृतका लागि ६ हजार ९ सय ७१ जना र नायब सुब्बाका लागि २ हजार ९ सय ३ जनाको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आवेदनहरुबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट माग गरिएको सङ्ख्याको तीन गुणा बढीको नाम अबको १० दिनपछि प्रकाशित गरिनेछ । त्यसपछि कम्प्युटर प्रणालीबाटै परीक्षा लिएर संयोजक छनौट गरिनेछ ।