सिरहामा आगलागी, ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ९ । सिरहाका धनगढी नगरपालिका र कल्याणपुर नगरपालिकामा आगलागीमा परी ३ जनाको ज्यान गएको छ ।

सिरहाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदामा परी दुई बालिका र एक महिला सहित तीनजनाको ज्यान गएकोे छ । शनिबार अपरान्ह धनगढीमाई नगरपालिका १४ अमिलटारमा दीपक धमलाको गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।


आगलागीमा परी दिपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

गाई गोठमा जममा भएको पतकरहरु केटाकेटीलेहरु आफैले सलाई कोरेर आगो लगाएको हुन सक्ने स्थानीयले बताएको छ । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी थापाले बताए ।

त्यसैगरी, कल्याणपुर नगरपालिका ७ भेडियो पूर्वारी टोलमा खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ ।

प्रहरीको अनुसार शुक्रबार राति बनारसीले परालले खाना पकाउँदै गर्दा साडीमा सल्केर आगलागी भएको थियो । घाइते अवस्थामा उनलाई कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा र्पुयाइएको थियो। शनिबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको घरसमेत जलेको छ ।

आगलागीको एकीन विवरण अझै नआई सकेको प्रहरीले जनाएको छ ।