नेपाल आइडललाई राउटेको ढाका टोपी

दियोपोस्ट संवाददाता

भीमदत्तनगर, १० चैत । गाउँघरमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुगे ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन् ।

यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र ¥यापर भि–टेनलाई निम्त्याएर आयोजना गरेको प्रत्यक्ष साङ्गीतिक कार्यक्रममा राउटे पहिलोपटक प्रमुख अतिथि भएका थिए । कार्यक्रममा पुगेका राउटे करवीरले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने कार्यक्रमा प्रस्तुतिका लागि सहभागी नेपाल आइडल रवि ओड र गायक बादल थापालाई ढाका टोली पहि¥याएर सम्मान गरे ।

“जङ्गलको बास र तरुल÷कन्दमूलको भरमा बाँच्ने राउटे समुदायलाई समाजसित घुलमिल गराउन यहाँ डाकेका हौँ”, एमएनआर ह्याप्पी क्लबका अध्यक्ष करनसिंह पालले भने, “केही नयाँपनको शुरुआत गर्ने उद्देश्यले पनि लोपोन्मुख जातिको जम्मान गरेका हौँ ।”

पहुँचकै लागि सभासम्मेलनमा शीर्षनेता र उच्चपदस्थलाई बोलाउनुभन्दा पिछडिएका वर्ग र समुदायलाई अगाडि ल्याउन पनि पहल गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा खुशी व्यक्त गर्र्दै करवीरले पहिलोपटक साङ्गीतिक कार्यक्रमा सहभागी हुन पाउँदा खुशी भएको अनुभूति सनाए । “यस्तो कार्यक्रममा अहिलेसम्म आएको थिइनँ”, उनले भने, “मनोरञ्जनात्मक कार्यक्रममा आतिथ्यताका लागि सबैलाई धन्यवाद ।”

झण्डै एक दशकअघि यहाँको मटेनास्थित सामुदायिक वन छेउमा आश्रय लिँदै आउनुभएका राउटेले जग्गा र घरबासको व्यवस्था नहुँदा समस्या भइरहेको दुखेसो पोखे ।