काठमाडौं, चैत १४ । सरकारले सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न आग्रह गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरे ।
सरकारको योजनालाई सफल पार्ने जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उनले बताए ।
नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्र्दभमा सैनिक प्रवक्ताको हवाला दिएपनि कसैले किटानीका साथ नभनेको उल्लेख गरे । सपनामा हिड्ने बानी परेकाहरुले सेनाको बारेमा नागरिकमा भ्रम फैलाउने काम भएको उनले टिप्पणी गरे ।
उनले द्धन्द्धलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैसँग आग्रह गर्दै आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने दाबी गरे ।
संविधान विरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उनले कम्युनिष्ट पार्टीको बदख्वाई गरेर देशमा द्धन्द्ध चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गरे ।