जनकपुर बम काण्डका मुख्य योजनाकार शाहलाई जन्मकैद

दियो पोस्ट  

धनुषा, चैच १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य योजनाकारको आरोप लागेका पूर्व सांसद सञ्जय शाह टक्लालाई जन्मकैद फैसला गरेको छ । २०६९ सालमा जनकपुरको जनकपुरधाम उपमहानगरपालिमा मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्नामा बसेका बेला बम विष्फोट भएको थियो ।

बम विष्फोटमा परी ५ जनाको ज्यान गएको थियो । ३२ जना घाईते भएका थिए । बम काण्डका मुख्य योजनाकार मानिने शाह सद्भावना पार्टीका पूर्व सांसद हुन् । उनी यसअघि थुनामा थिए ।